मिति : २ वैशाख २०८१, आइतवार
काठमाण्डौं-२, लाजिम्पाट
यस कम्पनीको संचालक श्री संजीव मैनालीले पेश गर्नुभएको राजीनामा स्वीकृत गरिएको हुँदा रिक्त रहेको संचालक पद परिपूर्ति गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । लक्ष्य क्यापिटल लि. का इच्छुक शेयरधनीहरुबाट तपशिलको गुगल फर्म भरि मिति २०८१/१/१५ गते भित्र दरखास्तका लागी आव्हान गरिन्छ ।
https://forms.gle/YXYjABx4jSEyJEBW6
आज्ञाले
कम्पनी सचिव
मिति : २४ पुष २०७९, आइतवार
यस कम्पनीको भावी नेतृत्व बिकास गर्ने तथा आगामी कार्यकालको लागि नेतृत्व हस्तान्तरण गर्ने उदेश्यले संचालक समितिको मातहतमा रहि कम्पनीको नेतृत्व लिन आवश्यक कामहरु गर्न गराउन लगानी बिश्लेषण उपसमिति निर्माणको प्रकृया आरम्भ गरिएको थियो । कम्पनीका इच्छुक शेयरहोल्डरहरुबाट आवेदन माग गरिएको थियो जसमा इच्छुक शेयरहोल्डरहरुले आवेदन दिनुभएको थियो ।
आवेदकहरुमध्येबाट भौतिक तालिममा सहभागी हुन सक्नेलाई “नेतृत्व विकास तथा व्यवस्थापन तालिम” र “कर्पोरेट व्यवस्थापन तालिम” प्रदान गरिएको थियो । तालिम पश्चात् सहभागीहरुलाई निजहरुले छनोट गर्नुभएको उपसमितिहरुको बिषय सम्बन्धित केस अध्ययन गरि प्रस्तुतिकरण समेत गर्न लगाईएको थियो ।
सो प्रस्तुतिकरणको आधारमा संचालक समितिले निम्नअनुसार उपसमितिका सदस्यहरुको छनोट गरेको जानकारी यो सूचनाबाट गराउन चाहन्छौं ।
लगानी बिश्लेषण उपसमिति : संयोजक – किशोर पौडेल, संचालकछनोटमा नपर्नुभएकाहरु मध्येबाट वैकल्पिक सदस्यमा राख्नेतर्फ कुनै निर्णय भएमा पछि जानकारी गराउने समेत अनुरोध गरिन्छ ।
संचालक समिति
लक्ष्य क्यापिटल लि., उत्तरढोका, काठमाण्डौं २
मिति : १४ भदौ २०७९, मंगलवार
यस लिमिटेडको पहिलो साधारण सभा अन्तर्गतको प्रथम संचालक समितिको
निर्वाचन प्रयोजनार्थ म र मेरो समुहलाई निर्वाचन समितिका रुपमा नियुक्त
गर्नु भएकोमा निर्वाचन समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यस
निर्वाचन समितिले निर्वाचन सम्वन्धी कार्यतालिका यस लिमिटेडको वेब साइट
मार्फत सार्वजनीक गरेको व्यहोरा अवगद गराउदछौं । साथै, निर्वाचन
सम्वनधमा कुनै जिज्ञासा भएमा निर्वाचन समिति समक्ष सम्पर्क गर्नुहु समेत
अनुरोध गर्दछौं ।
(सम्पर्क नं. ९८४११८३२७२, bhuwandotel@gmail.com)
( भुवन डोटेल )
प्रमुख निर्वाचन अधिकृत
मितिः २०७९।०५।१४
लक्ष्य क्यापिटल लिमिटेड , संचालक समितिको सम्वत् २०७९ साल भाद्र २४ गतेका दिन सम्पन्न हुने निर्वाचन कार्यक्रम निम्नानुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुलाई सूचित गरिन्छ ।
( भुवन डोटेल )
प्रमुख निर्वाचन अधिकृत
लक्ष्य क्यापिटल लिमिटेडको मिति २०७९।०५।२५ मा हुने संचालक समितिको निर्वाचनका लागी प्रकाशन गरिएको प्रथम मतदाता नामावली निम्नानुसार रहेको सुचना गर्दछौं । यस नामावलीमा केही फरक पर्न गएमा निर्वाचन कार्यतालिका वमोजिमको समयसिमा भित्र आफ्नो दावी निर्वाचन समिति समक्ष राख्नुहुन अनुरोध गर्दछौं, अन्यथा निर्वाचनको कार्यतालीका मुताविक निर्वाचन कार्यक्रम अगाडी वढ्ने जानकारी यसैसुचनाबाट जानकारी गराउदछौं ।
( भुवन डोटेल )
प्रमुख निर्वाचन अधिकृत
मिति : २ भाद्र २०७९, बिहीवार
श्री संचालक समिति
श्री लक्ष्य क्यापिटल लि.
केन्द्रीय कार्यालय, काठमाण्डौं
बिषय : प्रोक्सी प्रतिनिधि नियुक्ति गरेको बारे ।
महाशय,
....................... जिल्ला ........................ म.न.पा. र न.पा. र गा.बि.स. वडा नं. ........ बस्ने
म र हामी यस कम्पनीको प्रथम बार्षिक साधारण सभामा म र हामी स्वयंले उपस्थित भै छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएको
हुनाले उक्त सभामा मेरो र हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि .................................... जिल्ला ...................
उपस्थित भै म.न.पा. र न.पा. र गा.बि.स. वडा नं. ........ बस्ने त्यस संस्थाका शेयरधनी श्री ......................................
लाई मेरो र हाम्रो प्रोक्सी प्रतिनिधि मनोनित गरि पठाएको छु र छौं ।
प्रतिनिधिको दस्तखतः
नामः
शेयरधनी परिचय नं.:
निवेदकको दस्तखतः
नामः
शेयरधनी परिचय नं.:
शेयर संख्याः
मितिः
शेयरधनीको दस्तखत
द्रष्टव्यः सभा कक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रुपमा प्रस्तुत गर्नु पर्नेछ । प्रोक्सी (प्रतिनिधि) दिंदा र लिंदा आफ्नो समूह उपसमूह भित्र सीमीत रहि लिनु र दिनु पर्नेछ । यो निवेदन साधारण सभा हुनुभन्दा कम्तीमा ९६ घण्टा अगावै संस्थाको केन्द्रीय कार्यालयमा पेश गरिसक्नु पर्नेछ । द्रष्टव्यः सभा कक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रुपमा प्रस्तुत गर्नु पर्नेछ । प्रोक्सी (प्रतिनिधि) दिंदा र लिंदा आफ्नो समूह उपसमूह भित्र सीमीत रहि लिनु र दिनु पर्नेछ । यो निवेदन साधारण सभा हुनुभन्दा कम्तीमा ९६ घण्टा अगावै संस्थाको केन्द्रीय कार्यालयमा पेश गरिसक्नु पर्नेछ।
मिति : २३ चैत २०७८
(प्रथम पटक प्रकाशित मिति २०७८-१२-२३)
यस लक्ष्य क्यापिटल लिमिटेड मिति २०७८-१२-२२ (तदनुसार अप्रिल ०५, २०२२) गते बसेको संचालक समितिको निर्णय अनुसार विशेष साधारण सभा निम्न मिति, स्थान, र समय मा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने हुँदा सम्पुर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि अनुरोध गर्दछु ।
सभा हुने मिति, स्थान र समय
मिति : २०७९-०१-०९ गते, शुक्रवार
समय : अपरान्ह २ बजे देखि
स्थान : जूम मार्फत् हुने
छलफलका विशेष प्रस्तवहरु (एजेण्डा)
१) कम्पनिको जारि तथा चुक्ता पुँजी वृद्धि गर्ने ।
२) कम्पनिको पुँजी वृद्धि तथा संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा ६ को उपदफ ख, ग र घ संसोधन गर्ने ।
३) विविध
मिति : ९ फागुन २०७८, सोमवार
यस कम्पनीले लगानी गरि आफ्नो सहायक कम्पनीहरु बनाउँदै लैजानको लागि पूँजीको आवश्यकता रहेका, व्यवस्थापनमा विज्ञ साझेदारको आवश्यकता रहेका, व्यवसाय विस्तार गर्ने लक्ष्य राखेका उद्यमहरुमा लगानी प्रस्ताव आवेदन आव्हान गरिएको छ । प्राप्त आवेदनहरुबाट तोकिएको छनोट प्रकृयाहरु क्रमशः पूरा गर्दै अन्त्यमा उत्कृष्ट ठहरिएका प्रस्तावहरुलाई छनोट गरि लगानी गर्नेछ । छानिएका प्रस्तावलाई यस कम्पनीको समेत लगानी गरि संचालन गरिने प्रकृया अघि बढाइनेछ ।
शर्तहरुःइच्छुक कम्पनीहरुले मिति २०७८ फागुन ३० भित्र २,००० शव्दमा नबढ्ने गरि (नेपाली वा अंग्रेजी भाषामा) आफ्नो प्रस्तावको व्यवसायिक र १,००० शव्दमा नबढ्ने गरि आर्थिक तथ्यहरुको सारसंक्षेप तल उल्लेखित इमेल मार्फत् पेश गर्नुहोला । इमेल बाहेक अन्य माध्यमबाट आएका प्रस्ताव स्वीकार गरिनेछैन । प्रस्ताव छनोटको प्रतिस्पर्धाको समयमा कुनै पनि दबाब दिएमा वा अवान्छित गतिविधि गरिएमा त्यस्ता प्रस्तावहरु स्वतः खारेजीमा पठाइनेछ । प्रस्तावहरु छनोटको प्रकृया, तरीका तथा छनोटको अन्तिम अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ ।
लक्ष्य क्यापिटल लि.
मेट्रो पार्क बिल्डिंग, दोश्रो तल्ला
राजदरबार उत्तरढोका, लैनचौर, काठमाण्डौं
फोनः ९८०१०२५६२७, इमेल contact@lakshyashare.com,
URL: www.lakshyaholdings.com
मिति : १८ माघ २०७८, मंगलवार
लगानीकर्ता साथिहरु,
हामी लक्ष्य क्यापिटल संग सम्बन्धित सबैको लागि खुसीको खबर छ । २०२२ जनवरी २९ सम्म शतप्रतिशत शेयर रकम बुझाउनुहुनेहरुमध्ये २६६ जनाको प्रबन्धपत्र, नियमावलीमा हस्ताक्षर लिएर हामीले कम्पनी दर्ता गराएका छौं ।
सबैजनालाई हार्दिक बधाई ।
अझै पनि पहिलो चरणको शेयरहोल्डरको शेयर लगत बनाउन केहि समय लाग्नेछ । तर अब कम्पनी दर्ता भैसकेपछि २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । पहिलो चरणको शेयरहोल्डर बनि शेयर लगत कायम गराउन चाहनुहुनेहरुले शतप्रतिशत रकम कम्पनीको आधिकारिक बैंक खातामा जम्मा गर्न सक्नुहुनेछ । अब पूँजी रकम कम्पनीको आधिकारिक बैंक खातामा सर्नेछ । २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा जम्मा भएको रकम कम्पनीको चालू खाता भएकोले ब्याज आर्जन हुनेछैन ।
केहि समयमै हामी कम्पनीको आधिकारिक बैंक खाता उपलब्ध गराउनेछौं ।
२०२२ जनवरी ३१ सम्म संकलन भएका लगानीकर्ताहरुको रकममा बार्षिक १०.०५ प्रतिशतले हुन आउने ब्याजमा ५ प्रतिशत श्रोतमा करकट्टी गरि हिसाबले दैनिक समय र रकमको भारित अनुपातमा लगानीकर्ताहरुलाई नै ब्याज फिर्ता दिने हाम्रो प्रतिबद्धता अनुसार ब्याज भुक्तानीमा हामी काम गर्दैछौं । ब्याज भुक्तानीको हिसाब गर्ने कटअफ मिति २०२२ जनवरी ३१ रहेको छ ।
यसको लागि लगानीकर्ताहरुको बैंक खातामा ब्याज फिर्ता पठाउनको लागि लगानीकर्ताहरुले आफ्नो १३ अंकको आवेदन नम्बर लक्ष्य क्यापिटल लि. को बेवसाइट www.lakshyaholdings.com मा सर्च बक्समा खोजी बैंक खाता विवरण अद्यावधिक गरिदिनुहुन अनुरोध छ ।
मिति : १ माघ २०७८, शनिवार
प्रिय मित्रहरु,
सम्पूर्ण नेपाल भ्रमणको कार्यक्रम रद्द भएको जानकारी दिन चाहन्छौ ।
[We would like to inform you all that "Visiting All Nepal Program" has been cancelled]
धन्यवाद ।
लक्ष्य क्यापिटल लि.